बैतडीमा जिप दुर्घटना, चालक तेजबहादुरको मृत्यु
बैतडी | मंसिर २३, २०७९
धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका–१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।
जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

